बिहीबार, २५ भदौ २०८३ | ५:०३ PM
नबिल इन्भेष्टमेन्टले असोज २० गते बोलायो साधारण सभा ,२१.०५३ प्रतिशत…

नबिल इन्भेष्टमेन्टले असोज २० गते बोलायो साधारण सभा ,२१.०५३ प्रतिशत लाभांश प्रस्ताव

लगानीबक्स २४ भदौ २०८३ १२:५९ अपराह्न

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । भदौ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेन्ट्रल प्लाजा, नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले प्रस्तावित १० प्रतिशत बोनस शेयर र कर समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीको जारी तथा चुुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन समेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।