काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ को पहिलो गीत भोलि अर्थात् भदौ २९ गते सार्वजनिक हुने भएको छ। चलचित्र निर्माण पक्षका अनुसार गीत RT Entertainment को आधिकारिक युट्युब च्यानलमार्फत बेलुका ४:०१ बजे सार्वजनिक गरिनेछ।
चलचित्रप्रेमी तथा दर्शकमाझ उत्सुकतापूर्वक प्रतीक्षा गरिएको ‘१२ गाउँ २’ को पहिलो गीत सार्वजनिक हुन लागेसँगै सामाजिक सञ्जालमा पनि यसको चर्चा बढ्न थालेको छ। निर्माण टिमले गीतमार्फत चलचित्रको कथा, संगीत र प्रस्तुतिको झलक दर्शकसमक्ष ल्याउने अपेक्षा गरेको छ।
RT Entertainment च्यानलबाट सार्वजनिक हुने उक्त गीतले चलचित्रप्रति दर्शकको उत्साह अझ बढाउने विश्वास निर्माण पक्षको छ। ‘१२ गाउँ २’ नेपाली चलचित्र क्षेत्रमा प्रतिक्षित परियोजनामध्ये एक मानिएको छ।
गीत सार्वजनिक हुने समय नजिकिँदै जाँदा दर्शकहरू RT Entertainment च्यानलमा भोलि बेलुका ४:०१ बजे हुने प्रिमियरको प्रतीक्षामा रहेका छन्।

