मंगलबार, १३ असोज २०८३ | १२:२४ PM
एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई खरीद गर्न आज अन्तिम…

एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई खरीद गर्न आज अन्तिम दिन 

लगानीबक्स सम्वाददाता १३ असोज २०८३ १०:३६ पूर्वाह्न

काठमाडौं । एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको असोज ७ गतेदेखि निष्कासनमा आएको इकाई खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुन लागेको यस योजनाका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई विक्री गर्न लागेको हो ।

कुल इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिने जानकारी योजना व्यवस्थापकले दिएको छ । सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको इकाई खरीदका लागि छिटो अवधि असोज १३ गतेसम्म मात्र आवेदन लिन लागिएको हो । यी इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिनेछ ।

यी इकाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी समेत एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।लगानीकर्ताले विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् । साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिनेछ ।

यो योजना १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको योजना हो । बन्दमुखी प्रकृतिको भएकाले दोस्रो बजारमा समेत यी इकाई सूचीकृत भई कारोबार गर्न मिल्नेछ ।