मंगलबार, १३ असोज २०८३ | १२:२३ PM
तीन कम्पनीको सेयरमूल्य समायोजन

तीन कम्पनीको सेयरमूल्य समायोजन

Laxmi Budha १३ असोज २०८३ १०:१५ पूर्वाह्न

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।

अन्तिम दिनको कारोबारको आभारमा अरुण भ्यालिको सेयर मूल्य २५६ रुपैयाँ १९ पैसा कायम भएको छ । यो कम्पनीको सेयर मूल्य सोमबारको कारोबार बन्द हुँदा २६९ रुपैयाँ रहेको थियो । त्यस्तै सर्वोत्तम पेन्टको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता १ हजार २१३ रुपैयाँ ६४ पैसा कायम भएको छ । सोमबारको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १ हजार ३३५ रुपैयाँ रहेको थियो ।

शाइन रेसुङ्गाको सोमबारको अन्तिम कारोबार मूल्य ४२८ रुपैयाँ ९० पैसा थियो भने समायोजन पछि मूल्य ४०४ रुपैयाँ ६२ पैसा कायम भएको छ ।