Ad
शुक्रबार, ११ मंसिर २०८३ | ३:४७ AM
विपद् राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात

विपद् राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात

लगानीबक्स सम्वाददाता ९ कार्तिक २०८३ १२:३६ अपराह्न

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषका विभिन्न बैंक खातामा कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ मौज्दात रहेको छ ।

कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ मौज्दात रहेको छ ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा गरी ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ ।

बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माणका लागि कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको छ ।