Ad
शुक्रबार, ११ मंसिर २०८३ | ३:१० AM
सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो

लगानीबक्स सम्वाददाता ११ मंसिर २०८३ ११:५२ पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ।