काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७ लाख कित्ता आईपीओ निष्कासन गर्न कम्पनीलाई कात्तिक १९ गते अनुमति दिएको हो । यस कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
हाल संस्थापक तर्फ ६३ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणतर्फको आईपीओपछि भने चुक्तापूँजी ८० करोड रुपैयाँ कायम हुनेछ । आईपीओपछि कायम हुने कुल पूँजीमा संस्थापक तर्फ ७८ दशमलव ७५ प्रतिशत र सर्वसाधारणतर्फ २१ दशमलव २५ प्रतिशत स्वामित्व रहेको जानकारी बोर्डले दिएको छ ।

