काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । एकैदिन सुनको मूल्य प्रतितोला ११ हजार ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । यससँगै नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ ।

