Ad
शुक्रबार, ११ मंसिर २०८३ | ३:२५ AM
लायन्स क्लब अफ काठमाडौं शुभ ताराद्वारा बाढीपीडितलाई १६ लाख रुपैयाँ…

लायन्स क्लब अफ काठमाडौं शुभ ताराद्वारा बाढीपीडितलाई १६ लाख रुपैयाँ बराबरको राहत सहयोग

लगानीबक्स सम्वाददाता ३० कार्तिक २०८३ १:१३ अपराह्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं शुभ ताराले त्रिशूली क्षेत्रका बाढीपीडितलाई करिब १६ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ।

क्लबले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका पीडित परिवारलाई लक्षित गरी राहत सामग्री वितरण गरेको हो। विदुर नगरपालिकाका विभिन्न तीनवटा होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका बाढीपीडितलाई उक्त सामग्री उपलब्ध गराइएको क्लबले जनाएको छ।

राहत सामग्रीअन्तर्गत दाल, चामल, नुन, मसौरा, सिरक, डसना, ब्ल्याङ्केट, म्याटलगायत दैनिक उपभोग्य खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको थियो। क्लबका पदाधिकारी तथा पत्रकारहरूको सहभागितामा आयोजित कार्यक्रममा बाढीपीडितलाई उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो।

बाढीका कारण प्रभावित भई अस्थायी आश्रयस्थलमा बस्दै आएका परिवारलाई लक्षित गरी खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरिएको क्लबले जनाएको छ।