काठमाडौं । नेपाली साहित्यकार गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’ मा आधारित सोही नामको चलचित्र आजबाट देशभरका हलहरुमा प्रदर्शनमा आएको छ ।
दशकौँ अघिको ग्रामीण परिवेशमा छायांकन गरिएको चलचित्रमा लोकप्रिय गायक तथा अभिनेता प्रकाश सपुत र अभिनेत्री सुहाना थापा, चर्चित अभिनेता सौगात मल्ल र अभिनेत्री सिर्जना अधिकारीको मुख्य भुमिका रहेको छ । दाम्पत्य जीवनका उतारचढाव र भावनात्मक द्वन्द्व र गहन सामाजिक विषय चलचित्रको कडि हो ।
लक्ष्मण सुनार निर्देशित चलचित्रमा किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको पनि अभिनय रहेको छ ।
हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई सुशील देवकोटाले मुल कृतिबाट पटकथामा रुपान्तरण गरेका हुन् । चलचित्रमा सुशिल पोखरेलको लगानी छ ।

