काठमाडौं । नेपाल राष्ट्र बैंक को ७१औँ वार्षिकोत्सवमा कर्मचारीहरूले विरोध जनाएका छन्। गभर्नर विश्वनाथ पौडेल विरुद्ध कालो ब्यानर देखाउँदै उनीहरूले कार्यक्रम बहिष्कार गरे।
राष्ट्र बैंक कर्मचारी संघ का अनुसार बढुवा प्रक्रिया लामो समयदेखि रोकिएको र मागहरू सम्बोधन नभएकाले विरोध गर्नुपरेको हो। व्यवस्थापनले काम ढिलाइ गरेको र गभर्नर बाहिरी गतिविधिमा बढी व्यस्त रहने आरोप पनि कर्मचारीहरूको छ।
संघकी निवर्तमान अध्यक्ष गीता पोखरेल लम्साल ले बाध्य भएर यस्तो कदम चाल्नुपरेको बताएकी छन्।
कर्मचारीहरूले माग पूरा नभए आन्दोलन अझ कडा बनाउने चेतावनी दिएका छन्।

