काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको १ हजार ३०० रुपैयाँले बढेको हो ।
हिजो बिहीबार एक तोला सुनको मूल्य २ लाख ९८ हजार ६०० रुपैयाँ रहेकोमा आज शुक्रबार २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य तोलाको १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ ।

