काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो। योसँगै सुनको मूल्यमा लगातार दोस्रो दिन गिरावट देखिएको हो ।
यता, चाँदीको मूल्य भने वृद्धि हुने क्रम जारी छ। सोमबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

