२०८३ असार ८ | १०:२२ AM
सिटिजन लाइफले एनएफआरएस १७ का लागि केपीएमजी इन्डिया नियुक्त गर्‍यो

सिटिजन लाइफले एनएफआरएस १७ का लागि केपीएमजी इन्डिया नियुक्त गर्‍यो

लगानीबक्स २०८३ जेठ १४ ३:५० अपराह्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले एनएफआरएस १७ का लागि केपीएमजी इन्डियालाई परामर्शदाता  सेवा सम्झौता गरेको छ गरेको छ । नेपाल लेखामान बोर्डद्वारा जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू भएको एनएफआरएस १७ कार्यान्वयनलाई प्रभावकारी, व्यवस्थित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गर्न यस्तो निर्णय गरेको इन्स्योरेन्सले जनाएको छ । नेपाल बीमा प्राधिकरणको आवश्यक स्वीकृतिपश्चात् कम्पनीले विश्वव्यापी रूपमा प्रतिष्ठित परामर्शदाता संस्था केपीएमजी एस्येरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपीलाई एनएफआरएस १७ कार्यान्वयन परामर्शदाताका रूपमा नियुक्त गरेको हो ।

केपीएमजी विश्वका प्रमुख बिग फेर व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक हो, जसले एस्येरेन्स एन्ड कन्सल्टिङ, ट्याक्स तथा रिस्क एडभाइजरी सेवामा उच्चस्तरीय विशेषज्ञता प्रदान गर्दै आएको छ । यसको बलियो अन्तर्राष्ट्रिय सञ्जाल, अनुभवी पेशागत जनशक्ति, उच्च नैतिक मानक तथा नवीनतम अन्तर्राष्ट्रिय अभ्यासमा आधारित कार्यशैलीका कारण केपीएमजी विश्वभरका बैंक, बीमा कम्पनी तथा ठूला संस्थाहरूका लागि एक विश्वसनीय र स्थापित साझेदारको रूपमा पहिचान बनाएको छ ।

विशेषगरी आइएफआरएस १७-एनएफआरएस १७ जस्ता जटिल वित्तीय प्रतिवेदन मापदण्डहरूको कार्यान्वयनमा केपीएमजीको अन्तर्राष्ट्रिय अनुभव तथा प्राविधिक दक्षता अत्यन्त महत्वपूर्ण मानिन्छ । दक्षिण एसिया क्षेत्र, विशेषगरी भारतमा यसको सशक्त उपस्थिति तथा स्थानीय बजारको गहिरो समझले नेपालजस्ता विकासोन्मुख बजारमा समेत यसको परामर्श सेवाप्रति उच्च विश्वास र स्वीकार्यता स्थापित भएको इन्स्योरेन्सले जनाएको छ ।