२०८३ असार ८ | १०:२१ AM
नेपाल लाइफको सीईओमा पराजुली पुनः नियुक्त

नेपाल लाइफको सीईओमा पराजुली पुनः नियुक्त

लगानीबक्स २०८३ असार २ ९:५९ पूर्वाह्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रमण पराजुली पुनः नियुक्त भएका छन् । जेठ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थप ४ वर्षका लागि करारमा पराजुलीलाई सीईओमा पुनर्नियुक्ति गर्ने निर्णय भएको हो । यस अघिको चार वर्षको कार्यकाल सफलताका साथ सम्पन्न गरेको सीईओ पराजुलीले थप उत्साह सहित कम्पनीको जिम्मेवारी पुरा गर्नेछन् ।

२०७९ साल साउन ४ गतेदेखि कम्पनीको सीईओको जिम्मेवारीमा रहेका पराजुली त्यसअघि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । पराजुलीसँगै नेपालको बीमा तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ ।