२०८३ असार २७ | ५:४७ AM
यूनाइटेड अजोड इन्स्योरेन्सले असार ३१ गते बोलायो साधारण सभा

यूनाइटेड अजोड इन्स्योरेन्सले असार ३१ गते बोलायो साधारण सभा

४.५१ प्रतिशत लाभांश प्रस्ताव पारित हुने

लगानीबक्स २०८३ असार १० ११:५२ पूर्वाह्न

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लिमिटेडले असार ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । अम्रपाली ब्याङ्क्वेट, भागभटेनी, काठमडाौंमा विहान १०ः३० बजे सभा गर्ने तयारी कम्पनीले गरेको हो । गत आर्थिक वर्षको वार्षिक साधारण सभा कम्पनीले चालू आर्थिक वर्षको अन्तिममा गर्न लागेको हो ।

नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यस कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यता छ । यसका लागि कम्पनीले गत आर्थिक वर्ष ०८१।८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमलव २८५७ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको छ । उक्त बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४० करोड ९० लाख रुपैयाँ कायम हुनेछ । यस कम्पनीले १० प्रतिशत हकप्रद शेयर समेत निष्कासन गरिसकेको छ । कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँको आधारमा १० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । अवितरित हकप्रद शेयर निष्कासन गरिसकेको कम्पनीले बाँडफाँट गर्न बाँकी रहेको छ । हकप्रद र बोनस पछि भने कम्पनीको चुक्तापूँजी २ अर्ब ६३ करोड ९० लाख रुपैयाँ कायम हुनेछ ।

सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा जारी पूँजी कायम गरिने प्रस्ताव सभाका लागि तय भएको छ । यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । उल्लेखित प्रस्तावहरुसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार १९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।