२०८३ असार २७ | ५:४५ AM
एशियन लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

एशियन लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

लगानीबक्स २०८३ असार १० १२:४६ अपराह्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पारित गरेको चार महिनामा बोनस शेयर सूचीकृत गराएको छ । गत फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस शेयर कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असार १० गते सूचीकृत गराएको हो ।

५ प्रतिशत बोनस शेयर वापत्को २५ लाख ५७९ दशमलव ६०३५ कित्ता बोनस शेयर बिहीवारदेखि कारोबारयोग्य हुनेछ । कम्पनीले यो बोनस शेयर कर प्रयोजनका लागि समेत ५ दशमलव ५३ प्रतिशत नगद लाभांश पनि यो वर्ष प्रदान गरेको छ ।

लाभांश प्रयोजनका लागि माघ २९ गते एक दिन बुक क्लोज गरिएकाले माघ १८ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा कम्पनीले बोनस शेयर जम्मा गर्नेछ । आफ्नो हितग्राही खातामा जम्मा भएपछि शेयर कारोबार गर्न सकिनेछ ।