काठमाडौं । नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको गीत विवादमा परेको छ। गीतमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको भन्दै नेपाल शिक्षक महासंघले गम्भीर आपत्ति जनाएको छ।
महासंघले सार्वजनिक विज्ञप्तिमार्फत उक्त गीतले शिक्षक तथा शिक्षण पेसाको गरिमा र सामाजिक प्रतिष्ठामाथि गम्भीर प्रहार गरेको जनाएको छ। यस्ता सामग्रीले समाजमा गलत सन्देश प्रवाह गर्ने भन्दै गीत तत्काल हटाउन तथा चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षसँग माग गरिएको छ।
तालीभन्दा गाली बढी ,जति गाली त्यति भाइरल भन्दै शब्द र बोलाईमा फरक, झन् सुन्नमा त झनै डेन्जर म्याथ सिक्ने भए, सबैलाई जित्ने भए, ट्युसन पढाइदिन्छु बेलुका घरमा आए। भन्दै हास्य व्यंग्यात्मक सिर्जना भएको छ । बरु यस्तो भन्नु साटो गणित सिकाइदिन्छु भनेको भए के बिग्रिन्थ्यो होला? भन्दै सामाजिक संजाल मार्फत नेपाली चलचित्रका चर्चित खलनायक मुकुन्द थापाले आफ्नो फेसबुकमा मास्टर्नि गितको बिषयमा लेखेनु भएको छ ।
सामाजिक सञ्जालमा पनि गीतको विषयवस्तुलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेका छन्। कतिपयले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा तर्क गरेका छन् भने धेरैले शिक्षक पेसाको सम्मान कायम राख्न कानुनी तथा नैतिक जिम्मेवारी आवश्यक रहेको बताएका छन्।
चलचित्र ‘मास्टर्नी’गित बनाउने र खेल्नेहरुलाई हामीले रास्ट्रको गहना मानिदिनु पर्ने । यस्ता गित गाउने लाई तत्काल कानुनको दायरामा ल्याउनु पर्छ ।

