काठमाडौं । गीतकार तथा सर्जक प्रकाश पन्तको नयाँ तीज गीत ‘डालीको मैना’ सार्वजनिक भएको छ। दैलेख जिल्लाको दुल्लु नगरपालिका–१२ स्थायी घर भई हाल लाटीकोइलीमा बसोबास गर्दै आएका पन्त नेपाली लोक तथा तीज गीत–सङ्गीतमार्फत नेपाली कला, संस्कृति र मौलिकताको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय छन्।
पन्तका सिर्जनाले पछिल्लो समय दर्शक–श्रोतामाझ राम्रो लोकप्रियता हासिल गर्दै आएका छन्। नयाँ गीत ‘डालीको मैना’ पनि Prakash Pant Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतमार्फत नेपाली समाज, संस्कृति र तीज पर्वको मौलिक भावनालाई प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
गीतमा निता थापा मगरको स्वर रहेको छ भने भानुभक्त रिजालको शब्द, प्रकाश पन्तको लय तथा कविराज गिरीको संगीत रहेको छ। गीतको संगीत संयोजन (एरेन्ज) विनोद बजुरालीले गरेका छन्।
म्युजिक भिडियोमा लक्ष्मी गिरी, कृतिका थापा र डेनिशा पन्तको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन निर्मल प्याकुरेलले गरेका हुन् भने कोरियोग्राफी चन्द्रबहादुर मन्दिर मगरले गरेका छन्।
सर्जक पन्तले सम्पूर्ण दर्शक तथा श्रोतालाई गीत हेरेर प्रतिक्रिया दिन तथा Prakash Pant Official युट्युब च्यानललाई सब्स्क्राइब गरी साथ र सहयोग गर्न आग्रह गरेका छन्।
