शुक्रबार, ५ भदौ २०८३ | ९:१७ AM
सिटिजन लाइफ इन्स्योरेन्सको संस्थापक र कर्मचारीको शेयरको लकइन भदौ २७…

सिटिजन लाइफ इन्स्योरेन्सको संस्थापक र कर्मचारीको शेयरको लकइन भदौ २७ गते सकिने

लगानीबक्स २७ साउन २०८३ ११:२२ पूर्वाह्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक र कर्मचारीतर्फको शेयरको लकइन आगामी भदौ २७ गतेपछि सकिने भएको छ । संस्थापक तर्फको ३ करोड ५० लाख कित्ता र कर्मचारीतर्फको ७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि आगामी भदौ २७ गते सकिने भएको हो । यी शेयर सर्वसाधारण लगानीकर्तामा आईपीओ बाँडफाँट भएको मितिले तीन वर्षका लागि लकइनमा रहेका थिए । कम्पनीले सर्वसाधारण लगानीकर्तामा २०८० साल भदौ २८ गते आईपओि बाँडफाँट गरेको थियो ।

लकइन अवधि सकिएपछि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारी वाहेक अरुले आफ्नो स्वामित्वको शेयर कारोबार गर्न सक्नेछन् । हाल कम्पनीको ५ करोड कित्ता शेयर दोस्रो बजारमा सूचीकृत रहेको छ ।संस्थापक र कर्मचारी वाहेकका शेयर भने कारोबारमै रहेका हुन । कुल शेयरमा संस्थापक तर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत स्वामित्व छ