काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले दुई कम्पनीहरुलाई प्राप्ति गर्ने भएको छ । सिन्धु विकास बैंक र जानकी फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी भदौ १९ गते प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सबल विकास बैंकको रुपमा आफूलाई स्थापित गराउन सफल यस बैंकले वाणिज्य बैंकको रुपमा स्तरोन्नति गर्न नेपाल राष्ट्र बैंक समक्ष अनुमति मागेको थियो । त्यस विषयमा भने राष्ट्र बैंकबाट स्वीकृति प्राप्न भएको अवस्थामा दुई कम्पनीलाई प्राप्ति गर्ने तयारी कम्पनीले अघि बढाएको हो।
वाणिज्य बैंकका लागि कायम गर्नुपर्ने ८ अर्ब रुपैयाँ चुक्तापूँजी कम्पनीले कायम गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब ३ लाख ८९ हजार रुपैयाँ रहेको छ । यस कम्पनीले प्राप्ति गर्न लागेको सिन्धु विकास बैंकको चुक्तापूँजी ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ छ भने जानकी फाइनान्सको चुक्तापूँजी ६९ करोड ४ लाख ७२ हजार रुपैयाँ छ ।
प्राप्ति सम्झौता गरेसँगै आधारभूत शेयरधनीहरुको शेयर रोक्का गर्न सिन्धु विकास बैंक र जानकी फाइनान्सले नेप्से समक्ष आग्रह गरेका छन् ।

