बिहीबार, २५ भदौ २०८३ | ६:४७ PM
मुक्तिनाथ म्युचुअल फण्डको दोस्रो योजना सञ्चालनमा आउने,असोज १ गतेदेखि इकाई…

मुक्तिनाथ म्युचुअल फण्डको दोस्रो योजना सञ्चालनमा आउने,असोज १ गतेदेखि इकाई निष्कासन गर्दै

लगानीबक्स २२ भदौ २०८३ १२:२४ अपराह्न

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले दोस्रा सामूहिक लगानीकोष योजना सञ्चालनमा ल्याउन लागेको छ । यस अघि मुक्तिनाथ म्युचुअल फण्ड–१ सञ्चालनमा ल्याएको क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्ड–२ नामको अर्को योजना सञ्चालन गर्न लागेको हो । यसका लागि क्यापिटलले असोज ६ गतेदेखि इकाई निष्कासन गर्ने मिति तय गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । कुल इकाईमध्ये १३ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो । यी इकाई खरीदका लागि छिटो अवधि असोज ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा असोज १५ गतेसम्म निष्कासन लम्बिने जानकारी क्यापिटलले दिएको छ । खरीद आवेदन पेश गर्दा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिनेछ । इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पनि मुक्तिनाथ क्यापिटल लिमिटेडलेनै पुरा गर्नेछ।

आवेदन पेश गर्दा विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत पेश गर्नुपर्नेछ । साथै मेरो शेयर अनलाईन पनि आवेदनका लागि खुला रहनेछ । यो योजना बन्दमुखी प्रकृतिको १० वर्षे अवधिको योजना हो । बन्दमुखी प्रकृतिको योजना भएकाले दोस्रो बजारमा पनि सूचीकृत भई कारोबार गर्न मिल्नेछ ।