काडमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले १० वर्षे अवधिको ६ दशमलव २५ प्रतिशत ब्याजदर रहेको प्राइम बैंक डिवेञ्चर, २०९३ जारी गरेको थियो ।
प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र भदौ २२ गते नेप्सेमा सूचीकृत भएको हो । भदौ २३ गते सार्वजनिक विदा परेकाले भदौ २४ गतेदेखि यी ऋणपत्र कारोबार गर्न मिल्नेछ ।

