काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्दैछ। १८२ दिन अवधिको ट्रेजरी बिलका लागि सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ। यो ट्रेजरी बिल २०८३ चैत १६ गते परिपक्व हुनेछ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमा सहभागी हुन सक्नेछन्।
यसअघि असोज ६ गते सरकारले ९१ दिन अवधिको २५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो। उक्त बिलका लागि ९२ अर्ब ५३ करोड रुपैयाँ बराबरको बोल परेको थियो। यसको भारित औसत छुटदर १।००९३ प्रतिशत कायम भएको थियो।


