काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेका लागि तय गरिएको छ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत गरिएका नियमित प्रस्तावहरूका साथै समसामयिक विषयमा छलफल हुने र आवश्यक निर्णय गरिने जनाइएको छ।
