शुक्रबार, १३ कार्तिक २०८३ | ८:२५ PM
नाडेप लघुवित्तको सीईओमा पवन कुमार श्रेष्ठ नियुक्त

नाडेप लघुवित्तको सीईओमा पवन कुमार श्रेष्ठ नियुक्त

लगानीबक्स सम्वाददाता १२ कार्तिक २०८३ ११:१४ पूर्वाह्न

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनको कार्यकाल आगामी दुई वर्षसम्मका लागि रहनेछ । कात्तिक १६ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय कम्पनीले गरेको हो ।