काठमाडौं । लक्ष्मी सनराईज बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को लागि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक ११ गते बसको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ छ ।
सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांश कम रहेको छ । गत वर्ष भने कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
